१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

अटोरिक्सा दुर्घटनामा तीनको मृत्यु

सुर्खेत, २७ जेठ (रासस) ः पञ्चपुरी नगरपालिकामा आज अपराह्न अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीया विनिता शाही र उहाँकी आठ महिनाकी छोरी प्रतीक्षा तथा सोही वडाकै अटो रिक्सा चालक २६ वर्षीय अशोक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइतेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds