३ वैशाख २०८१, सोमवार
(नेपाली समय)
३ वैशाख २०८१, सोमवार
नेपाली समय

अध्यक्ष किम–राष्ट्रपति ट्रम्प वार्ताको स्वागत

काठमाडौँ, २९ जेठ (रासस) ः सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच आज सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ । 

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज अपराह्न एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds