काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अनुदानमा आउन लागेको खोप नलिनुको कारण खुलाएका छन्।
कोरोना संक्रमितको संख्या घट्दै जाँदा खोप लगाउने क्रम घटेका कारण सरकारले अनुदानमा आउन लागेको खोप नलिएको जानकारी दिए।
मन्त्री खतिवडाले भने, ‘अनुदानमा आउन लागेको एक करोड कोरोना खोप नलिने भनेका छौं। खोप खेर जान्छ भन्ने डर छ। कोरोना संक्रमितको संख्या घटिरहँदा बुस्टर डोजसमेत अहिले नागरिकहरुले लगाइरहेका छैनन्।’
हाल भण्डारणमा एक करोडभन्दा खोप बाँकी छ। पोल्याण्ड, अष्ट्रेलिया, क्यान्डालगायतका देशले अनुदानमा खोप दिने प्रस्ताव गरेका थिए।
साभार : अन्नपुर्णपोष्ट अनलाइन