१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

अब उपत्यकाका पार्टी प्यालेसभित्र तरकारी बजार

२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको खुला चोकबाट कालीमाटीका व्यापारीहरु फर्किएपछि पार्टी प्यालेसलाई अस्थायी बजार बनाइने भएको छ ।

लकडाउनका कारण प्रयोगबिहीन अवस्थामा रहेको पार्टी प्यालेसलाई अस्थायी तरकारी बजारको रुपमा प्रयोग गर्न खोजी थालिएको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।

‘मंगलबार महानगरपालिकासँग भएको छलफलपछि हामी पार्टी प्यालेस खोज्न हिडेका छौँ,’ समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले भने ।

यसअघि महानगरले तोकेकै ठाउँ पायक पर्नेगरी पार्टी प्यालेसको खोजी गरिएको पौडेलले बताए । चोकहरुमा गरिएको व्यपारमा सामान्य पूर्वाधारको समेत समस्या देखिएपछि विकल्पमा पार्टी प्यालेस खोजिएको उनको भनाइ छ ।

बजार बिकास समितिका समिति पदाधिकारी, केही व्यवसायी र महानगरको प्रतिनिधले मंगलबार केही पार्टी प्यालेसको स्थलगत अवलोकन गरेको पनि बजार बिकास समितिले जनाएको छ ।

महानगरले यसअघि नै तोकेको ११ स्थानहरु (कलंकी, बाफल, स्वयम्भू, वनस्थली गंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क/बसपार्क र कोटेश्वर चोक) को नजिकको पार्टी प्यालेस खोजीको पहिलो प्राथमिकतामा रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।

साभार : अनलाइनखबर अनलाइन