१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

अर्घाखाँचीमा ४ हजार ३ सय ४८ जना क्वारेन्टाइनमा

सन्धिखर्क : अर्घाखाँचीमा भारतबाट आएका ४ हजार तीन सय ४८ जना क्वारेन्टाइनमा रहेका छन् ।  भारतबाट आएका ४ हजार ३ सय ४२ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । जसमध्ये २ सय ४२ जना डिस्चार्ज भएर घर फर्किएका छन् । 

भारतमा रोजगारी गर्दै आएका अर्घाखाँचीवासी, रोजगारी गुम्दै गएपछि जिल्ला फर्कने क्रम बढिरहेको छ । हालसम्म सन्धिखर्क नगरपालिकामा ५ सय ५१, शितगंगा नगरपालिकामा १ हजार १ सय ३५, भुमिकास्थान नगरपालिकामा १ हजार ४८, पाणिनी गाउँपालिकामा ४ सय २५, छत्रदेव गाउँपालिकामा ३ सय ९२, र मालारानी गाउँपालिकामा ५ सय ५४ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म भूमिकास्थान नगरपालिकाबाट ९२ जना, छत्रदेव गाउँपालिकाबाट ७४ जना, मालारानी गाउँपालिकाबाट ४४ जना र पाणिनी गाउँपालिकाबाट ३२ जना डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।  अर्घाखाँचीका ६ स्थानीय तहका दुई सय ३८ क्वारेन्टाइनस्थलमा पाँच हजार दुई बेड तयार रहेका छन्।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds