भक्तपुर, २८ जेठ (रासस) ः एक वर्षदेखि पाठेघरको अर्बुद रोगबाट पीडित सविना लामाको उपचारमा सहयोगार्थ रु सात लाख ३६ हजार पाँच आज हस्तान्तरण गरिएको छ ।
तेमाल गाउँपालिका– ९ चोप्टार निवासी २१ वर्षीया लामाको अर्बुदरोगको उपचारका लागि विभिन्न दाताबाट सङ्कलित रकम सविना बचाऔँ अभियानका अभियानकर्मीले हस्तान्तरण गरेका हुन् । यहाँ आयोजित बृहत् सांस्कृतिक कार्यक्रमबाट समेत रकम संकलन गरिएको अभियानका संयोजक रोज लामाले जानकारी दिनुभयो ।
2018-06-11 18:50