६ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
६ वैशाख २०८१, बिहीवार
नेपाली समय

अस्पतालले भर्ना नलिँदा छटपटाउँदा छटपटाउँदै ज्यान गयो राजुको

३२ जेठ, रुपन्देही । क्वारेन्टाइनमा बस्दाबस्दै बिरामी भएका व्यक्तिको उपचार गर्न अस्पतालहरुले नमान्दा प्युठानका १८ वर्षीय युवकले घण्टौंसम्म छट्पटाएर ज्यान गुमाएको खुलेको छ । दाङको विकट बंगलाचुली गाउँपालिका-६ को क्वारेन्टिनमा तीन हप्तासम्म बसेका प्युठानको माण्डवी-४ का राजु कार्कीले उपचारको खोजीमा एकपछि अर्को अस्पतालमा भौंतारिदा ज्यान गुमाउन पुगेका हुन् ।

हात-खुट्टा काँप्ने, नाक र मुखबाट रगत निस्कने समस्या देखिएपछि उनलाई गाउँपालिकाले एम्बुलेन्समा शुक्रबार साँझ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो । भारतको गोरखपुरबाट आएर राजुसँगै क्वारेन्टिनमै बसेका भीमबहादुर वलीले राति करिब १० बजे उनलाई अस्पताल पुर्‍याएका थिए । ‘शुरुमा चार-पाँच जना डाक्टरहरुले बाहिरै एकछिन हेर्नुभयो, क्वारेन्टिनमा बसेको कुरा थाहा पाउनुभयो, त्यसपछि यहाँ आइसोलेसन छैन, अन्त लैजानुस् भन्नुभयो,’ बिरामीसँगै अस्पताल गएका वलीले भने, ‘इमर्जेन्सीमा लगेर उपचार गर्नुपर्ने बिरामी रातभर फलामको बेन्चमा छट्पटाएर बस्नुपर्‍यो ।’

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds