१३ असोज २०८०, शनिवार
(नेपाली समय)
१३ असोज २०८०, शनिवार
नेपाली समय

आचारसंहिता उल्लघंन गरे १२ घण्टे स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लघंन गरेको पाइए कारबाही गर्ने भएको छ।

यसअघि आचारसंहिता उल्लघंन गर्नेलाई २४ घण्टे स्पष्टीकरण सोध्दै आएकोमा आयोगले मौन अवधिमा १२ घण्टे  स्पष्टीकरण सोध्ने भएको हो।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारवाही गरिने बताए। कडा कारवाहीस्वरुप स्पष्टीकरणलाई १२ घण्टामा झारिएको उनले बताए। 

थपलियाले उच्च नेताबाट आचारसंहिता उल्लघंन हुने गरेको बताए। उनले भने, ‘आचारसंहिताका उल्लघंनका घटनाहरु निकै कम मात्रामा भएका छन्। सभ्य भनिएको ठाउँमा बढी आचारसंहिता उल्लघंन भएका छन्। गाउँमा कमै मात्रामा आचारसंहिता उल्लघंन भएको सुनिन्छ। जानेबुझेका, उच्च ओहोदामा बसेकाबाट नै आचारसंहिता विपरीतका क्रियाकलाप भएका छन्।’

उनले आचारसंहिता उल्लघंन गर्नेलाई आयोगले स्पष्टीकरण, सचेत, जरिवाना, ध्यानाकर्षणलगायतका कारबाही गरेको बताए। उनले भने, ‘हामीले गरेको निर्णयउपर अदालतमा प्रश्न उठ्न सक्छ। त्यसकारण सोंच विचार गरी कारबाही गर्नुपर्छ। झण्डै झण्डै २०५ जति शीर्षकमा ५३ वटा व्यक्ति र दललाई कारबाही भएको छ।’

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds