आठ महिनापछि बालकको उद्धार

रुकुम २९ जेठ (रासस) ः आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमेली बालकको आज उद्धार गरिएको छ ।
रुकुम (पूर्व)को सिस्ने गाउँपालिका वडा नं ७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । आफन्तसँग भागेर भारतको बहराइज पुगेका उनी त्यहाँ एक महिना होटलमा काम गरिरहेका थिए । होटेलमा काम गर्दा साहुले कुटपिट गरेपछि बेपत्ता भई हराएको भन्दै खोजी गरिदिन आफन्तले जिल्ला बाल कल्याण समितिमा निवेदन दिएका थिए ।

रवीनलाई भारतमा रहेको मेहाद संस्थाको सहयोगमा उद्धार गरेर आज आफन्तको जिम्मा लगाइएको बालअधिकार अधिकृत ओलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *