८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

आधा शताब्दी वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकारले ललितपुरमा गरे पहिलो मनोनयन दर्ता

११ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्‍वारी दर्ता गरेका छन् ।

ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्‍वारी दर्ता गराएका हुन् । यसअघि पनि उनले १० पटकसम्म उनले वडाध्यक्ष जितेका थिए ।

ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उनले स्थानीय बासिन्दाकै आग्रहमा फेरि पनि चुनाव लड्न लागेको बताए । उनले आफूले वडाका बासिन्दाको हितमा काम गर्दै आएको र फेरि ‍पनि वडाध्यक्ष जितेर उनीहरुकै सेवा गर्ने व्यञ्जनकारले अनलाइनखबरलाई बताए ।

२०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता यो वडाको नेतृत्व उनले नै गर्दै आएका छन् ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विरोध भएका थिए । गत चुनावमा भने उनी स्वतन्त्रबाट उठेका थिए । र यो पटक पनि स्वतन्त्र बनेर नै उठेका हुन् । ललितपुर महानगरमा उनको दर्तासँगै उम्मेद्वारी दर्ता सुरु भएको छ ।

साभार : अनलाइनखबर अनलाइन

 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds