१२ चैत २०८०, सोमवार
(नेपाली समय)
१२ चैत २०८०, सोमवार
नेपाली समय

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन, ७ असार (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । 

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो । 

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो । 

अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उहाँले उक्त निर्णयलाई उल्ट्याउने हुनुभएको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिनुहुने भएको हो । उहाँले यस नयाँ नीति समेटिएको आदेशमा बुधबारै हस्ताक्षर गर्ने बताइएको छ । 

यो निर्णय उहाँको नीतिको विरोध भएकोले भन्दा पनि त्यहाँका बालबालिकाको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् । 

सो नीति उल्टिनेगरी बुधवार हस्ताक्षर भएपछि राष्ट्रपति ट्रम्पले परिवारलाई एकै ठाउँमा बस्न दिइने पनि वासिङ्टनबाट प्राप्त भएका समाचारहरुमा बताइएको छ । 

तर आजको सो समाचारमा ती आदेशहरु कहिलेदेखि लागू हुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 

यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने पनि अधिकारीहरुले बताएका छन् । 

परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ–अमेरिकी राष्ट्रपतिले भन्नुभएको छ । 

यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताउनुभयो । 

उहाँले भन्नुभयो– परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds