१२ चैत २०८०, सोमवार
(नेपाली समय)
१२ चैत २०८०, सोमवार
नेपाली समय

आफैंले चलाएको गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष  राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । 

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी च्याप्पिएका थिए। 

उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा  नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds