९ असोज २०८०, मंगलवार
(नेपाली समय)
९ असोज २०८०, मंगलवार
नेपाली समय

आमा नेपाल फाउन्डेशन तथा वडा नं. ०९ कार्यालयको सहकार्यमा आधारभुत ब्युटि पार्लर तालिमको आयोजना

       

०८ जेष्ठ विरगन्ज । विरगन्ज महानगरपालिका वडा नं. ०९ कार्यालय तथा आमा नेपाल फाउन्डेशनको सहकार्यमा वडा नं. ०९ कार्यालय अन्तरगत रहेका महिलाहरुको लागि आधारभुत ब्युटि पार्लर तालिमको आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा आत्मनिर्भताको लागि स्वरोजगारिता भन्ने नाराको साथ आधारभुत ब्युटि पार्लर तालिमको उद्घाटन भएको थियो । उक्त तालिमको अध्यक्षता आमा नेपाल फाउन्डेशनका अध्यक्ष श्री प्रमीता मानन्धर ज्युले गर्नु भएको थियो । तालिम कार्यक्रमको उद्घाटन वडा नं. ०९का निमित्त अध्यक्ष श्री गिता मानन्धर ज्युले गर्नुभएको थियो । कार्यक्रममा अतिथि तथा विरगन्ज महानगरपालिकाका पुर्व समाजिक शाखा प्रमुख तथा वडा सचिव मुकेश गुप्ताले सामाजिक विकासको लागि विरगन्ज महानगरपालिकाले जनताबाट लिएको करलाई जनता कै सिप विकास र सेवामा खर्च गरेको छ यो सिपमुलक तालिमलाई वडा नं.०९ वासी जनसमुदायले अवसरको रुपमा लिई आफ्नो वृति विकासमा जोड दिनुपर्ने भनाई राख्नु भएको थियो । महिलाहरुको सिपविकासमा जोड दिन सकिएन भने समाज विकास अपुरो हुनेछ अहिलेको माहोललाई हेरिकन महिलाहरुको सिपविकास अतिआवश्यक रहेको तथा महिलालाई अगाडि बढाउन जस्तो सुकै कदम पनि चाल्न सक्ने र भोलिको दिनमा अझ परिस्किृत तथा मागमा आधारीत अन्य थुप्रै शिपमुलक तालिम प्रदान गरि यस वडाको समग्र विकासमा जोड दिने छु भनि वडा नं. ०९का महिला सदस्य तथा निमित्त अध्यक्ष गिता मानन्धर ज्युले भन्नु भएको थियो । समाज र देश विकासको लागि महिलाहरु पनि उद्यमशिलता विकास तथा स्वरोजगार हुन जरुरी छ, जब सम्म देशको आधि जनसंख्या उद्यमी तथा स्वरोजगार हुदैन तब सम्म समाज र समग्र देशको विकास हुदैन, विरगन्ज महानगरपालिका वार्ड नं. ०९ कार्यालय तथा आमा नेपाल फाउन्डेशनले यस सिपमुलक तालिमबाट सहभागि प्रशिक्षार्थी महिलाहरुले आत्मनिर्भता तथा स्वरोजगार हुन मद्दत पुग्ने छ भन्ने आशाका साथ यो तालिम सञ्चालन गरेको भनि आमा नेपालका अध्यक्ष प्रमीता मान्नधर ज्युले भन्नुभयो । यो सिपमुपलक तालिम विरगन्ज महानगरपालिका वार्ड नं. ०९को आर्थिक सहयोग तथा आमा नेपाल फाउन्डेशनको संयोजनमा सञ्चालन भएको हो । तालिममा करिब ३० जना प्रशिक्षार्थीको उपस्थिती रहेको थियो । यस ब्युटि पार्लर तालिम १५ दिन सञ्चालन हुनेछ । यस ब्युटी पार्लर तालिमको प्रशिक्षकमा ममता कुमारी गुप्ता तथा सहायक प्रशिक्षकमा निशा कुमारी डङ्गोल रहेको छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds