१५ असोज २०८०, सोमवार
(नेपाली समय)
१५ असोज २०८०, सोमवार
नेपाली समय

उत्तर कोरियामा कोरोना विरुद्ध उच्च सतर्कता, ५ सय क्वारेन्टाइनमा

सोल : उत्तर कोरियाली नेता किम जोङ उनले हालै आफ्नो राज्य मामिला आयोगमा व्यापक फेरबदल गरे ।

सोमबार उत्तर कोरियाली मिडियाका अनुसार सोमबार नेता किमले एकतिहाइ सदस्यहरुलाई हेरफेर गरे । २०११ म सत्तामा आएदेखि नै नेता किमले राज्यसत्तामा पकड जमाइसकेका छन् । उच्चस्तरीय निर्णयक निकाय मानिने सर्वोच्च जनसभाको प्रमुखको रुपमा उनी स्थापित छन् ।

दुर्लभ रुपमा हुने जनसभाको बैठक यही आइतबार किमले बोलाएका थिए । जहाँ १३ मध्ये पाँच सदस्यलाई प्रतिस्थापन गरेका हुन् । पोलिटब्यूरो समितिको अध्यक्षता गरेको भोलिपल्ट किमले भूमिका विहीन संसदका सदस्हरुमाझ कोरोना भाइरसको महामारी रोकथामका लागि कडा रुपमा प्रस्तुत हुन आह्वान गरे ।

यद्यपि उत्तरमा हालसम्म कोरोना संक्रमित एकजना पनि नभेटिएको यहाँको सरकारले बताउँदैआएको छ । महामारी विरुद्ध राज्य आपतकालिन अभियान जारी राखिने मन्त्रीपरिषद्को निर्णय थियो ।

तर यहाँको सरकारी मिडियाले सार्वजनिक गरेका तस्बिरमा सयौँ विधायकहरु बैठकमा अन्य अवस्थामा झैँ विना मास्क एकअर्कासँग नजिकै बसिरहेका देखिन्थे । जहाँ नेता किम भने देखिएका थिएनन् ।

उत्तर कोरियाले कम्तिमा ७ सय जनामा कोरोना भाइरसको परीक्षण गरी ५ सय भन्दा धेरैलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । तर विश्व स्वास्थ्य संगठनले पनि त्यहाँ संक्रमित संख्या नभएको गत साता जनाएको छ ।

तर जनताको जीवन बचाउने उद्देश्यले महामारी रोकथामका लागि आपतकालिन अभियान जारी राखिने बताइएको छ । उत्तरले यसअघि नै कोरोना प्रभावित छिमेकी देश चीन र रुससँगका सीमा बन्द गरिसकेको छ ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds