१४ जेठ २०८०, आइतवार
(नेपाली समय)
१४ जेठ २०८०, आइतवार
नेपाली समय

उपत्यका र पहाडी क्षेत्रमा हावाहुरिसहित वर्षा

काठमाडौं : अहिले काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ। 

विशेषगरी काठमाडौं उपत्यकाबाट दक्षिण पूर्व र दक्षिण पश्चिममा अहिले चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले अहिले उपत्यका र पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको हो। 

यो क्रम केही समयपछि रोकिने मौसमविद् नगरकोटीले बताइन्। एक ठाउँ रोकिए अर्को ठाउँमा फेरि पानी पर्न सक्नेछ। कतै १० देखि १५ मिनेट पानी परेर रोकिने छ भने कतै आधाघण्टासम्म पार्ने सम्भावना छ। 

बिहानीपख खुलेको मौसम दिउँसोपछि बदली भएर चट्याङ र हावाहुरीसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो। अहिले प्रिमनसुन चलिरहेको छ। प्रिमसनुका बेलामा केही ठाउँमा पानी पर्ने र नजिकैको अर्को ठाउँमा पानी नपर्ने पनि हुन सक्छ।  

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds