११ असोज २०८०, बिहीवार
(नेपाली समय)
११ असोज २०८०, बिहीवार
नेपाली समय

एनभीए भलिबल क्लब लिग : एपीएफको जित

काठमाडौं : विभागीय टोली नेपाल एपीएफ क्लबले छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा पहिलो जित निकालेको छ। मंगलबार भएको महिलातर्फको खेलमा एपीएफले पहिलो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गरेको हो। महिलातर्फकै अर्को खेलमा बुटबलको एभरेष्ट क्लबले न्यु डायमन्ड एकेडेमीलाई २६–२४, १३–२५, २०–२५, २५–२१ र १५–१३ ले पराजित गर्‍यो।

नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५, १५–१३ ले पराजित गर्‍यो। अर्को खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११, २५–२२ ले हरायो। नौ अंकसहित लिगको शीर्ष स्थानमा रहेको आर्मीको तेस्रो जित हो। प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छ। यसैगरी उपविजेताले तीन लाख, तेस्रोले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पाउने छन्। 

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds