२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

एनभीए राष्ट्रिय भलिबल क्लब लिग : गण्डकी र पुलिसको जित

काठमाडौं : गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले छैटौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा विजयी सुरुवात गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हरायो। प्रतिस्पर्धात्मक खेलमा गण्डकीले ढोरपाटनलाई २५–१६, २३–२५, २५–१९, २६–२४ ले स्तब्ध बनायो। 

यसैगरी अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गर्‍यो। वैशाख २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे। प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच टोलीको सहभागिता रहेको छ। 

पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ, हेल्प नेपाल स्पोटर््स क्लब, गलकोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता छ। यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन्। 

साभार : अन्नपुर्णपोष्ट अनलाइन