११ असोज २०८०, बिहीवार
(नेपाली समय)
११ असोज २०८०, बिहीवार
नेपाली समय

एसीसी प्रिमियर कप : भीम र कुशलको अर्धशतकमा नेपालको विजयी सुरुआत

काठमाडौं : कुशल मल्लको अविजित अर्धशतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले ९ विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ४० बलको सामना गरेका कुशलले पाँच चोका र पाँच छक्कासहित ७० रनको अविजित इनिङ खेले।

यस्तै, चौथो विकेटका लागि कुशलसँग एक सय १२ रनको साझेदारी गरेका भीम सार्कीले ९८ बलमा पाँच चौकासहित ७१ रनको इनिङ खेलेका थिए।

त्यसअघि ओपनर कुशल भुर्तेल ३१ बलमा पाँच चौका र दुई छक्कासहित ३८ रन बनाएर पभिलियन फर्केका थिए। अर्का ओपनर आशिफ शेख १ रन जोडेर आउट हुँदा वान् डाउनमा क्रिजमा उत्रिएका भीमले उत्कृष्ट ब्याटिङ गरे।

कप्ता रोहित पौडेल ४३ बलमा पाँच चौकासहित ४२ रन जोडेर पभिलियन फर्किएका थिए। मलेसियाका लागि मोहम्मद वाफिक, रिजवान हेदर, खिजर हायात र विरनदीप सिंहले एक–एक विकेट लिए।

पहिलो इनिङमा कप्तान अहमद फैजको अर्धशतकप्रेरित मलेसियाले ९ विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो।

मलेसियाका लागि वान् डाउनमा क्रिजमा उत्रिएका फैजले ९५ बलमा एक छक्का र आठ चौकासहित ७६ रनको इनिङ खेले।

ओपनर विरनदीपसिंहसँग एक सय १६ रनको साझेदारी गर्दै फैजले उत्कृष्ट इनिङ खेले। विरनदीपले ९४ बलमा दुई चौकासहित ४६ रन बनाए।

यसअघि अर्का ओपनर मोहम्मद अमिर १८ बलमा १७ रन बनाएर पभिलियन फर्किँदा खिजार हायातले २२ रनको योगदान गरे। .स्यार्जुल इद्रुसले २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ४० रन खर्चेर तीन विकेट लिए। यस्तै। सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर एक मेडनसहित तीन विकेट लिए। ललित राजवंशीले दुई तथा गुल्शन झाले पनि एक मलेसियन ब्याटरलाई पभिलियन फर्काएका थिए।

नेपालले दोस्रो खेल शुक्रबार ओमानसँग कीर्तिपुरमै खेल्ने छ। मलेसियाले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार साउदी अरबको सामना गर्नेछ।

समूह ‘बी’मा हङकङ विजयी

समूह ‘बी’अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार नै भएको खेलमा हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङ थालेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ७४ रनको योगपफल तयार गरेको थियो।

सिंगापुरका कप्तान अरित्रा दत्तले ५७ बलमा ९ चौकासहित ४९ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। हङकङका इशान खानले सर्वाधिक चार तथा यासिम मुर्ताजाले तीन विकेट लिएका थिए।

दोस्रो इनिङमा हङकङका लागि विस्फोटक ब्याटिङ गरेका बाबर हायातले ९४ बलमा १० चौका र ६ छक्कासहित अविजित एक सय आठ रनको शतकीय इनिङ खेले।

त्यसअघि कप्तान निजाकत खानले ८९ बलमा चार चौका र एक छक्कासहित ५१ रन जोडेका थिए।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds