करेन्ट लागेर युवकको ज्यान गयो

मंगलबारे, इलाम, ३१ जेठ (रासस) ः इलामको माङसेबुङ गाउँपालिकामा काम गर्ने क्रममा करेन्ट लागी एक युवाको मृत्यु भएको छ । 

माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय नियुशन लिम्बूको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय बागमारा खोलामा निर्माणाधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई साँझ करीब ६ बजे करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । 

मृतकको शव झापाको दमकस्थित आम्दा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *