१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ९ सय ६७ पुग्यो

सुर्खेत : कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पृष्टि भएको छ । प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार ५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको पीसीआर परीक्षणमा २ जना गरी थप ५२ जनामा कोरोना पृष्टि भएको हो । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा कुल संक्रमितको संख्या ९ सय ६७ पुगेको छ भने हालसम्म ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् । आइतबार पृष्टि भएका थप ५२ जनामा सुर्खेतका १५ र दैलेखका ३७ जना रहेका छन । 

महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार दैलेख अिस्पतालको आइसोलेसनमा बसेका २ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा रहेका १ जना कोरोना संक्रमित निको भएपछि आइतबार डिस्चार्ज गरिएको हो । 

कर्णालीमा सबैभन्दा बढी दैलेखमा ५ सय ३९ तथा सबैभन्दा कम हुम्ला र डोल्पामा १÷१ र मुगुका २ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। अन्य जिल्लामा कोरोना संक्रमण देखिए पनि रुकुमपश्चिम भने अझै सुरक्षित छ । कर्णालीमा पृष्टि भएका कोरोना संक्रमितमा सल्यानका १ सय ३७, सुर्खेतका २ सय १२, जाजरकोट ८, कालिकोट २८, जुम्लामा २४ र अन्य प्रदेशका १६ जना रहेका छन् । कर्णालीमा झण्डै १२ हजार बढीको पीसीआर परीक्षण गरिएको छ भने ३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds