१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, नगरको उम्मेदवारको टुंगो लगाउने

१० बैशाख काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

शनिबार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागि हुनेछन्।  सत्ता गठबन्धनको निर्णयअनुसार कांग्रेसले ३ महानगर र ७ उपमाहनगर पाएको छ। काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले पाएको छ। त्यस्तै, भरतपुर, वीरगञ्ज र पोखराको उपमेयर पाएको छ। कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र जारी गर्दैछ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds