१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

किसानलाई धानको बीउ वितरण

 

लहान, २९ जेठ (रासस) ः सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।

नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।

प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिनुभयो ।

यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताउनुभयो ।

2018-06-12 11:23

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds