१९ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१९ मंसिर २०८०, मंगलवार
नेपाली समय

कोरोना आशंका गरिएका दुई नर्सको रिपोर्ट नेगेटिभ, डिस्चार्ज गरिँदै

काठमाडौं : (आरडीटी) विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ।  केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको थियो। 

पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल  तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो। बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ। 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds