६ मंसिर २०८०, बुधवार
(नेपाली समय)
६ मंसिर २०८०, बुधवार
नेपाली समय

कोरोना संक्रमणबाट अमेरिकामा अर्का नेपालीले ज्यान गुमाए

अमेरिका : कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्यूयोर्कबासी गैरआवासीय नेपालीको मृत्यु भएको छ। न्यूयोर्कको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा नेपालमा सोलुखुम्बु घर भएका ४४वर्षीय निमा टेम्बा शेर्पाको बुधबार मृत्यु भएको हो।

बुधबार बिहान ५ बजेर १८ मिनेट जाँदा नमिाको मृत्यु भएको उनका दाजु लाक्पा शेर्पाले जानकारी दिए। शेर्पा कोरोना भाइरस संक्रमणबाट बिरामी परेपछि उपचारका लागि केहीदिनअघि अस्पताल भर्ना भएका थिए। न्यूयोर्कको ज्याशनहाइट क्षेत्रमा परिवारकासाथ बस्दै आएका शेर्पाका श्रीमती, एक छोरा र एक छोरी छन्। 

यसअघि गत शनिबार नै निमाको मृत्यु भएको उनको परिवार आफन्तले जानकारी दिएका थिए। एकदिनपछि उनी अझै जीवित रहेको भनी परिवारले बताएको थियो।

शनिबार निमाको मृत्युको खबर पाएपछि काजकिरिया समेत शुरु गरेको उनका दाजुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। तर पछि अस्पतालले मुटु चलिरहेको भनी खबर दिएकाले उनको मृत्यु नभएको पाइएको जानकारी दिएका थिए।

हालसम्म अमेरिकामा निमासहित कोरोना संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ पुगेको छ। केहीदिन अघि न्यूयोर्कमै अनिल लिम्बुको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। 

यस्तै न्यूयोर्कमा आफ्नै कोठाभित्र मृत भेटिएका अन्यदुई जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ। गतशनिबार न्यूयोर्कमा अर्का एक नेपालीको ह्दयघातका कारण ज्यानगएको थियो। १५दिनको अन्तरालमा न्यूयोर्कमा पाँच जना नेपालीले ज्यान गुमाएका छन्।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds