२८ चैत २०८०, बुधवार
(नेपाली समय)
२८ चैत २०८०, बुधवार
नेपाली समय

क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

काठमाडौँ, ३१ जेठ (रासस) ः नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । 

सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ । 

महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतमलाई जिम्मेवारी दिइएको छ ।

देशका सबै प्रदेश तथा भूगोललाई समेटेर १५ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको महासंघका कार्यालय प्रतिनिधि पवित्रा सत्यालले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष जिसीले उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन उक्त व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । 

 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds