२० असोज २०७९, बिहीवार
(नेपाली समय)
२० असोज २०७९, बिहीवार
नेपाली समय

क्वारेन्टाइनमा महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ

बैतडी  : मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर अभद्र व्यवहार गर्ने एकजनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ३ स्थित गौरीकन्या मन्तोला क्वारेन्टाइनमा गएर वडा महिला सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए। 

आइतबार क्वारेन्टाइनमै गएर वडा महिला सदस्य काली बोहरामाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेका नरेन्द्रलाई पक्राउ गरिएको उनले बताए ।  उनले भने, ‘क्वारेन्टाइनमा गएर मादक पदार्थ सेवन गरेका नरेन्द्रले महिला वडा सदस्यमाथि गालीगलौजसहित दुव्यर्वहार गरेको जाहेरी आएको छ । सोही जाहेरीको आधारमा हामीले नरेन्द्रलाई पक्राउ गरेका छौं।’

पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds