१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

चीनमा मृतकको सम्झनामा मौनधारण सहित राष्ट्रिय शोक मनाइयो

बेइजिङ : कोरोना भाइरसको महामारीबाट अति प्रभावित रहेको चीनमा संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरस पहिलो पटक फैलिएको हो । चीनमा संक्रमणबाट मृत्यु हुनेहरुको सम्झनामा तीन मिनेट मौनधारण गरिएको हो ।

साथै राष्ट्रिय शोकको रुपमा चीनमा दिवस मनाउँदै राष्ट्रिय झण्डा आधा झुकाइएको छ । यस्तै चीनमा मूलधारका पत्रपत्रिकाले पनि शोक मनाउँदै अनलाइन संस्करणको रंगलाई कालो र सेतो पारेका छन् ।

चाइना डेली, सिन्ह्वा, ग्लोबल टायम्स लगायत पत्रपत्रिकाका अनलाइन संस्करण ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाइएका हुन् । यसवाहेक सहरमा सबैजसो सवारीसाधनहरु हर्नको सट्टा शोक धुन बजाउँदै गुडिरहेका छन् ।

यत कोरोनाको उद्गम सहर मानिएको वुहान र अन्य सहरको जनजीवन सामान्य बन्न थालेको छ । वुहानमा लगाइएको लकडाउन दुई महिनापछि खुलाइएपछि जनजीवन सामान्य बन्न थालेको हो ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds