चौथो विरगन्ज महोत्सव व्यापार मेला भव्यत्ताकासाथ तयारी……….

-स्थानिय सम्वादाता

९ माघ,  विरगन्जको घण्टाघर स्थित मधेसी शहिद उधान पार्कमा यहि माघ २८ गते देखि फागुन ८ गते सम्म चौथो विरगन्ज महोत्सव व्यापार मेलाको आयोजना हुन गईरहेको आयोजक द लिड इन्टरटेन्मेन्टका अध्यक्ष सन्तोष श्रेष्ठ ज्यूले जानकारी गराउनु भएको छ । महोत्सवमा करिब २०० वटा स्टलहरु रहने छ तथा करिब ३ देखि ५ लाख मान्छेहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवका मुख्य आर्कषणहरु कृषि प्रदर्शनी, शैक्षिक तथा पर्यटन, बैंक तथा वित्तिय संस्था, बहुराष्ट्रिय उधोग, राष्ट्रिय उधोग, अटोमोबाइल्स्, आई.टी., इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स, गारमेन्ट, जुत्ता(चप्पल तथा कस्मेटिक, निर्माण सामाग्री, हस्तकला, एफ.एम.सि.जी. एण्ड रिटेल, होटल तथा रेष्टुरेन्ट, निःशुल्क स्वास्थ्य शिविर, चिल्डे«न फन पार्क, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने छन् भन्ने जानकारी अध्यक्ष ज्यूले जानकारी गराउनु भएको छ । चौथो विरगन्ज महोत्सवको तिब्र रुपमा तयारी चलिरहेको छ महोत्सवका गेट निर्माण सकिसकेको छ, महोत्सवका लागि विरगन्जको गण्डक देखि लिएर पावरहाउस चौक घण्टाघर चौक, माइस्थान चौक, आदर्शनगर चौक र भन्सारको रजत जयन्ति चौक सम्म गरि जम्मा ८ वटा गेट निर्माण भैसकेको जानकारी आएको छ । माघ २७ गतेसम्ममा महोत्सवका सम्पूर्ण निर्माणका कार्यहरु सकिने छ । यस महोत्सवमा विरगन्ज, बारा पर्सा रौतहट, मकवानपुर तथा चितवनका दर्शक तथा ग्राहक आउने आयोजकले बताएका छन् । चौथो विरगन्ज महोत्सव व्यापार मेला २०७५का मेडिया पार्टनरमा नेपालको नम्बर वान एप हाम्रो पात्रो टेलिभिजन पार्टनरमा माउन्टेन टेलिभिजन, रेडियो पार्टनरमा नारायणी एफ.एम. १०३.८ प्रिन्ट मेडियामा प्रतिक दैनिक, इन्टरनेट सर्भिस प्रोभाइडर क्लासिक टेक प्रा.लि., मेडिकल पार्टनरमा नेशनल मेडिकल कलेज रहेको आयोजकले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *