१४ असोज २०८०, आइतवार
(नेपाली समय)
१४ असोज २०८०, आइतवार
नेपाली समय

जनता समाजबादीबाट बौद्दिमाई नगरपालिकाका निर्वाचित उपमेयर प्रेमलता कुशवाहा लगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रबेश

३ बैशाख नव वर्ष २०७९ तथा जुडसितल पर्वको विशेष अवसरमा मौलापुरको पथराबुधराम र सोनरनीयामा आयोजित भेटघाट, अन्तरक्रिया तथा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजबादीबाट बौद्दिमाई नगरपालिकाका निर्वाचित उपमेयर प्रेमलता कुशवाहा लगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रबेश गरेकाछन् । कार्यक्रमको प्रमुख अतिथी पुर्व सहरी विकास संघिय मन्त्री तथा नेकपा (एमाले)का स्थायी समिति सदस्य प्रभु साहको उपस्थितीमा सम्पन्न भएको थियो । उक्त्त कार्यक्रममा प्रमुख अतिथी पुर्व सहरी विकास संघिय मन्त्री तथा नेकपा (एमाले)का स्थायी समिति सदस्य प्रभु साह ज्यूले आफ्नो मन्तव्यमा यी र यस्ता नवीनतम प्रयासहरुले समाजको रुपान्तरण संगसँगै मुलुकको सम्पन्नता, विकास एवं समृद्दीको लक्ष्य हासिल गर्ने दिशामा समेत महत्वपूर्ण प्रभाव पर्ने गहिरो अपेक्षा एवं विश्वास सहित नयाँ वर्षले यहाँ र यहाँको परिवारजनमा सुवास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्पन्नता एवं उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।
Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds