१७ असार २०७९, शुक्रवार
(नेपाली समय)
१७ असार २०७९, शुक्रवार
नेपाली समय

जीतपुर-सिमरा उपमहानगरमा गठबन्धनको अग्रता, पछ्याउँदै एमाले

सिमरा : बाराको जीतपुर-सिमरा उपमहानगर पालिकामा मतगणना जारी छ। हालसम्म उक्त नगरको वडा नम्बर १, २२, २३, २४ को मतगणना सकिइसकेको छ। 

जीतपुर-सिमरा उपमहानगरको मेयर पदमा माओवादीका राजन पौडेलले लिड गरिरहेका छन्। उनले हालसम्म ३ हजार ८५९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै एमालेतर्फकी सरस्वती चौधरीले ३ हजार ५५ मत प्राप्त गरेकी छन्। साथै हालसम्म लोसपाका सञ्जयकुमार साहले १ हजार २४७ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा पनि हालसम्म कडा प्रतिस्पर्धा देखिन्छ। उपमेयरमा गठबन्धनतर्फकी मेघा शाहीले ३ हजार ६०१ मत प्राप्त गरेकी छन् भने एमालेका भोला अधिकारीले ३ हजार २८१ मत प्राप्त गरेका छन्। लोसपाका बीपी मोक्तानले हालसम्म  १ हजार २२३ मत प्राप्त गरेका छन्। 

वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। त्यस्तै वडा नम्बर २२ मा पनि कांग्रेसको प्यालनले नै जीत हात पारेको छ। 

वडा नम्बर २३ मा एमालेको प्यानल र २४ मा दलिततर्फका वडा सदस्यबाहेकको अरु पदमा कांग्रेस विजयी भएको छ।  त्यस्तै वडा नम्बर २ र ३ मा मतगणना  जारी छ। दुई वडाको अहिलेसम्मको परिणाम हेर्दा एमाले अगाडि देखिएको छ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन