घरघरमा राशन वितरण र २५ हजार नयाँ सरकारी जागिर दिने घोषणा
पञ्जाब : पञ्जाबको आम आदमी पार्टी सरकारले जुलाई १ देखि घरेलु उपभोक्तालाई ३०० युनिट निःशुल्क बिजुली दिने घोषणा गरेको छ । राज्यका मुख्यमन्त्री भगवन्त मानले शनिबार यसको आधिकारिक घोषणा गर्ने छन्।
आम आदमी पार्टी सरकारले ‘३० दिन रिपोर्ट कार्ड’ शीर्षकमा यो विज्ञापन प्रकाशित गरेको छ ।
राज्यमा आम आदमी पार्टीको सरकार गठन भएको एक महिना पूरा भएको छ । यस अवधिमा सरकारले के–के काम गरेको छ भन्ने जानकारी दिने गरी सरकारले पत्रिकामा विज्ञापन प्रकाशित गरेको छ ।
विज्ञापनमा साउन १ गतेदेखि तीन सय युनिट नि:शुल्क बिजुली बाहेक घरघरमा राशन वितरण र २५ हजार नयाँ सरकारी जागिर दिने घोषणा गरिएको छ । पञ्जाब सरकारले ३५ हजार करारमा आधारित कामदारलाई नियमित गर्ने वाचा गरेको छ ।
बीबीसी