२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

टेकु अस्पतालको एउटा गेट, जसले संक्रमणबाट जोगाउँछ

२७ चैत, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा प्रवेश गर्नेहरुलाई संक्रमणबाट जोगाउन अटोमेटिक स्यानिटाइजर गेट बनेको छ ।

अस्पताल आउजाउ गर्ने स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई संक्रमण नहोस् भनेर नेपाल मारवाडी युवा संघको सहयोगमा स्यानिटाइजर गेट बनाइएको अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

उनले भने, ‘बक्सको माथि स्यानिटाइजर हालिएको हुन्छ । २० सेकेण्ड जति बस्दा त्यहाँ बाफ आउने र स्यानिटाइजर छर्किने काम हुन्छ, जसको कारण किटाणु रहिरहन सक्दैन ।’

भारतका केही अस्पतालमा पनि यस्तै डिसइन्फेक्सन गेट–वे बनाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु

साभार : अनलाइनखबर अनलाइन