११ चैत २०८०, आइतवार
(नेपाली समय)
११ चैत २०८०, आइतवार
नेपाली समय

ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

सिंगापुर, २८ जेठ (रासस÷एएफपी) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएको छ ।

अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नुहुने छ ।

उहाँहरूबीच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।

2018-06-11 20:30

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds