डडेल्धुरा : लकडाउनको समयमा वन अतिक्रमण गरी सामुदायिक र राष्ट्रिय वनमा अवैध रुपमा निर्माण गरिएका टहरा भत्काइएका छन् । डिभिजन वन कार्यालय डडेल्धुराको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका दर्जन बढी घर तथा टहरा भत्काइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रशाद आचार्यले वताए ।
वन अतिक्रमण सगैं काठ तस्करी बढेपछि डिभिजन वनकार्यालय डडेल्धुराले निगरानी समेत बढाएको छ । लकडाउनका समयमा चुरे र महाभारत वन क्षेत्रमा अक्रिमण सँगै काठ तस्करी हुन थालेपछि भित्रिमदेशको चुरे तथा माहाभारत वनक्षेत्रमा निगरानी बढाइएको हो ।
निगरानीको समयमा अवैत्र रुपमा निर्माण गरिएका घर, टहरा का साथै अतिक्रमण जग्गा र काठसहित केही व्यक्ति पक्राउ समेत परेका वन कार्यालय प्रमुख आचार्यले बताए । पक्राउ परेका व्यक्ति तथा समूहलाई वन ऐन अनुसारको कारवाही गरिने जनाएका छन् ।
अक्रिमण गरेको जग्गाबाट अतिक्रमणकारीलाई हटाउनका साथै घर तथा टहरा निर्माणमा लगाएको काठ समेत बरामद गरिएको छ । लकडाउनको समयमा मात्रै ठूलो परिणाममा काठ बरामद गरिएको वन कर्मीले जनाएका छन्।
आलिताल गाउँपालिका-४ को जालटुडाँको सालका १८ थान कडी १०.५ घन फिट , वडा नं. ६ को बसन्त हरियाली सामुदायिक वनभित्र गस्ती निरीक्षणको क्रममा साल र सल्लोको ६० थानको ५९.९३ घन फिट चिरान काठ बेवारिसे अवस्थामा बरामद गरिएको डिभिजन प्रमुख आचार्यले बताए ।
यसैगरी परशुराम नगरपालिका ८ को सुन्दरी सामुदायिक वनमा नयाँ र पुराना गरी १० वटा काठका गोलिया (५२.८ घन फिट) बरामद गरेको छ । भित्रिमदेशको आलिताल र जोगवुढा क्षोत्रमा वन अतिक्रमण तथा काठ चोरी गर्नेको संख्या बढेसँगै वन कार्यालयले निगरानी समेत बढाएको छ ।
वनलाई सुरक्षित राख्न स्थानीय उपभोक्ता र समुदायका मानिसले सहयोग गरे मात्रै वन जोगाउन सकिने वन अधिकारी बताउँछन्।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन