७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

डाँका मुद्दाका आरोपी छ वर्षपछि पक्राउ

राजविराज : लकडाउनका बेला घर आएको मौका छोपी प्रहरीले ६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए । 

गोसाई चौधरीको जाहेरीमा सप्तरी जिल्ला अदालतले २०७१ असार १७ गते रामलाई डाँका मुद्दामा तीन वर्ष कैद सजायको फैसला गरेको थियो ।  इलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीबाट खटिएको प्रहरी निरीक्षक रामराजा केशरीसहितको प्रहरी टोलीले रामलाई घरबाटै पक्राउ गरेको हो । 

लकडाउनका बेला काठमाडौंबाट घर आएको सूचना पाएपछि एक सातादेखि उनको घर वरिपरी सादा पोशाकमा प्रहरी परिचालित गरेको थियो । घरबाट निक्लिए लगत्तै डाँका मुद्दाका फरार अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।

सप्तरी जिल्ला अदालतको आदेशमा रामलाई राजविराजस्थित कारागारमा कैदका लागि पठाइएको छ ।

साभार: अन्नपूर्णपोष्ट अनलाइन