२४ मंसिर २०८०, आइतवार
(नेपाली समय)
२४ मंसिर २०८०, आइतवार
नेपाली समय

डाक्टर कुटपिट प्रकरण: महाराजगञ्जका डीएसपी रानीपोखरी तानिए

४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताए ।

बुधबार साँझ भएको घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds