१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

तराईको विभिन्न जिल्लामा चाँपा कलमा पानी आउन छाडे पछि वीरगञ्ज महानगरद्वारा निःशुल्क पानीट्याङ्की धारा जडान गर्ने

 


जेठ २५, बिहिबार
आकाश राजभण्डारी वीरगञ्ज ।

वीरगञ्ज महानगरले निःशुल्क पानीट्याङ्की धारा जडान गर्ने भएको छ । वर्षा नहुँदा र बढ्दो गर्मीका कारण सतहको पानी सुक्दा चाँपकल लगायतमा पानी आउन छोडेपछि महानगरले पानीको आभावलाई मध्यनजर गर्दै निःशुल्क पानीट्याङ्की धारा जडान गर्न लागेको हो ।
अहिले महानगरसहित तराई–मधेशका विभिन्न जिल्लामा चाँपा कलको पानी आउन छाडेको गुनासो आउन थालेको छ । मोटरले समेत पानी नतान्दा शहरी जीवन निकै प्रभावित बनेको छ । सोही समस्यालाई समाधान गर्न महानगरले निःशुल्क पानीट्याङ्की धारा जडान गर्दै छ ।

नगरप्रमुख (मेयर) राजेशमान सिंहले आज बिहानै सामाजिक सञ्जाल मार्फत निःशुल्क धारा जडानका लागि वडा अध्यक्षहरुसँग सम्पर्क गर्न अनुरोध गरेका छन् । मेयर सिंहले वीरगञ्ज महानगर पालिकाले वडा नम्बर १ देखि १७ र १९ मा नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा (खानेपानी संस्थान) बाट जडान गर्ने भएकोले वडावासीले सम्बन्धित वडाका वडाअध्यक्षसँग सम्पर्क गरी आफ्नो घरमा निःशुल्क धारा जडान गर्न अनुरोध गरेका छन् ।

चापाकलहरुमा पानी आउन छाडेपछि अहिले सरकारी धारा जडान गर्न आउने ग्राहकहरुको संख्या पनि बढेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इञ्जिनियर निरन महर्जनले बताए । पहिले सरकारी धारा जडान गर्न नमान्ने र पानी प्रयोग नगर्ने ग्राहकहरु अहिले दिनहुँ १० देखि १२ जनासम्म धारा जडानका लागि निवेदन दिन आउने गरेको प्रमुख महर्जनले बताए ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds