१४ असोज २०८०, आइतवार
(नेपाली समय)
१४ असोज २०८०, आइतवार
नेपाली समय

दर्जन बैंकको नाफा घट्यो

१० बैशाख काठमाडौं : गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा वाणिज्य बैंकको नाफा साढे १० प्रतिशतले वृद्धि भएको छ। पहिलो त्रैमासमा भने ३६ प्रतिशतसम्म वृद्धि गर्न सफल भएका थिए। 

सो तुलनामा भने अहिलेको वृद्धिदर कम हो। वाणिज्य बैंकले चैत्रसम्ममा गत वर्षको सोही अवधिको तुलनामा २७ करोड ५३ लाख ११ हजार रुपैयाँ बराबरले थप नाफा कमाएको तथ्यांकले देखाएको छ।  गत वर्ष २७ वाणिज्य बैंकले ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए। अहिले कुल ५१ अर्ब १ करोड ७८ लाख कमाएका छन्। तर पुँजीको आकार तथा लागतका आधारमा यो नाफा सन्तोषजनक नभएको बैंकर बताउँछन्।  

तर, बैंकको कमाइमा सबैको आँखा जाने भएकाले धेरै देखिने नबिल बैंकका चिफ फाइनान्सियल अफिसर मनोजकुमार ज्ञवाली बताउँछन्। पछिल्लो तथ्यांकअनुसार २७ वाणिज्य बैंकमध्ये १५ वटाले नाफा बढाउन सफल भएका छन्। तर १२ वटा बैंकको नाफा वृद्धिदर भने घटेको छ।  सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा सेन्चुरी र सिभिल बैंक छन्। गत वर्षको सोही अवधिको तुलनामा सेन्चुरीको नाफा १८३.५९ प्रतिशत वृद्धि भएको छ। यो बैंकले कुल १ अर्ब १ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ।  यसैगरी, बढी नाफा वृद्धि गर्ने दोस्रो बैंकमा सिभिल छ। यसले ७९.९१ प्रतिशत नाफा बढाएको छ।

गत आवको चैत्रमा ५० करोड २५ लाख रुपैयाँ कमाएको सिभिलले अहिले ९० करोड ४१ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ। उठ्न बाँकी साँवा तथा ब्याज (प्रोभिजनिङ) यस पटक उठेकाले नाफामा फड्को मार्न सफल भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए। ‘गत वर्षको पोर्टफोलियो र कर्जा वृद्धि धेरै राम्रो थियो। त्यसको वास्तविक आम्दानी यो पटक आएकाले  नाफामा वृद्धि गर्न सफल भएका हौं,’ सीईओ पोखरेलले भने। 

१ देखि ५० प्रतिशतसम्म नाफा वृद्धि गर्ने बैंकमा नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, एनसीसी, माछापुच्छ«े, एनआईसी एसिया, सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आईएमई, सिटिजन, मेगा, सिद्धार्थ र एभरेस्ट बैंक छन्।  तर यसबाहेकका १२ बैंकको नाफा वृद्धि भने न्यूनतम ०.३२ देखि अधिकतम ३३.३१ प्रतिशतले घटेको छ। कम नाफा घट्नेमा कुमारी र सबैभन्दा बढी नाफा घट्नेमा लक्ष्मी बैंक रहेको छ।  नाफा वृद्धिदरलाई आधार नमानी समग्रमा बढी गर्नेमा ग्लोबल आईएमई बैंक अग्रपंक्तिमा छ। उसले ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। तर नाफा वृद्धि भने ४.१३ प्रतिशत मात्रै छ।  यस्तै, दोस्रो स्थानमा रहेको एनआईसीले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १९.९८ प्रतिशतले बढी हो। एनआईसीका सहायक सूचना अधिकारी अर्जुनराज खनियाँ भन्छन्, ‘बैंकले हालसम्म २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

अन्य बैंकको तुलनामा हामीले अधिक कर्जा दिएका छौं। जसले गर्दा आम्दानी पनि गर्न सकेका हौं,’ उनले भने। यसपछि धेरै नाफा गर्नेमा नबिल बैंक छ। यसले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा वृद्धिदर भने गत वर्षको भन्दा ८.९१ प्रतिशत (३२ करोड ७८ लाख) ले घटेको छ। ‘गत वर्ष लघुवित्तलगायतको सेयर बिक्री गर्दा नाफा कमाएका थियौं।  तर यो अहिले छैन। यसकारण नाफा वृद्धिमा ठूलो फरक परेको हो,’ चिफ फाइनान्सियल अफिसर ज्ञवालीले भने। 

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds