७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

काठमाडौँ, ३० जेठ (रासस) ः नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ । 

विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर मिटर जडान नगरेको विभागले जनाएको छ । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पछिल्लो समय प्रिन्टर मेशिन जडान नगर्ने सवारीसाधनलाई विशेष कारबाही चलाएको जानकारी दिनुभयो । “प्रिन्टर मेशिन जडान नगरेका ट्याक्सीलाई ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र रु एक हजार जरिवाना तिराउँदै आएका छौँ,”– उहाँले भन्नुभयो । 

पक्राउ परेका ट्याक्सीमध्ये १८० ट्याक्सीले मिटर जडान गरेको र बाँकी ३० ट्याक्सी पनि मिटर जडान प्रक्रियामा रहेको विभागले जनाएको छ । 

विभागले २०७३ पुस १७ देखि उपत्यकाका ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्ने काम शुरुवात भएको थियो । २०७४ साउनसम्म प्रिन्टर मेशिन जडान गर्ने भने पनि दुई हजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएको छैन । 

उपत्यकाका अधिकाशं ट्याक्सीमा प्रिन्टर मेशिन जडान गरे पनि यात्रुले भने बिल नपाउने गरेको गुनासो गरेका छन् भने अधिकाशं यात्रु ट्याक्सीबाट ठगिनेसमेत गरेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले प्रिन्टर मेशिन जडान गरेर पनि बिल नदिने ट्याक्सीमाथि महाशाखाले विशेष कारबाही गर्नेे बताउनुभयो । “प्रिन्ट बिल नदिने भए ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्नुको के औचित्य छ,”– उहाँले भन्नुभयो । 

महाशाखाका प्रमुख पन्तले पछिल्लो समयमा मिटरमा जान नमान्ने तथा बिल नदिने ट्याक्सी चालकमाथि विशेष कारबाही अभियान चलाएको बताउनुभयो । 

हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी र देशभर झण्डै २८ लाख सवारीसाधन आवतजावत गर्छन् । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds