कलैया, ३१ जेठ (रासस) : जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ ।
भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो ।
कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक तथा सवा एक जातका कूल १२५ मेट्रिक टन धानको बीउ अनुदानमा वितरण गर्न लागिएको हो ।
गोष्ठी सम्पन्न
वातावरणीय स्वास्थ्य असरसम्बन्धी अभिमुखीकरण गोष्ठी आज कलैयामा सम्पन्न भएको छ । स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखा काठमाडौँले सो गोष्ठीको आयोजना गरिएको हो ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाराका अधिकृत प्रेमचन्द्र जैसवालले वातावरणका कारण स्वास्थ्यमा पर्ने असरसम्बन्धी जानकारी गराउनुभयो ।