२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् ।
मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । यसरी नियुक्त गभर्नरले प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा छ । त्यही प्रावधानअनुसार, गभर्नर अधिकारीले सपथ लिएका हुन् ।
सपथलगत्तै अधिकारीले आजै आफ्नो जिम्मेवारी सम्हालेका छन् । राष्ट्र बैंकको कार्यालय, बालुवाटार पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।
साभार : अनलाइनखबर अनलाइन