१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

नागरिकको स्वास्थ्य प्राथमिकतामा : मन्त्री थापा

पोखरेबगर, म्याग्दी, ८ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । 

समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विशेषगरी दुर्गम तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता छ । 

मन्त्री थापाले सरकारले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा रु एक लाखसम्मको स्वास्थ्य बीमाको व्यवस्था गरेको जानकारी दिदैं महिलाको आयआर्जन वृद्धिका लागि मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको छ भन्नुभयो ।

कृषि, पर्यटन, पशुपालन र लघुउद्यमको विकास गरी महिला तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ, उहाँले भन्नुभयो । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सघाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds