वीरगंज, बैशाख १३
गैरकानुनी रुपमा यातायता कार्यलय ललितपुर र सुजिकी ड्राईभिङ्ग स्कुल ललितपुरले रकम लिएको भन्दै उच्च अदालत पाटनले विपक्षीको नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । यि संस्थाहरुले गैरकानुनी रुपमा रकम लिएको भन्दै बैशाख ११ गते पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ निवासी अनिल कुमार साहले मुद्दा दर्ता गराएका थिए । साहले दर्ता गराएको मुद्दाको सम्बन्धमा आज उच्च अदालत पाटनले विपक्षीको नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । साहले कानून विपरीत कार्य भएकोले सेवाग्राही ठगिन थालेका छन् भनेर रिट दर्ता गराएको बताएका छन । साहले प्रदेश आर्थिक ऐन २०७९ मा स्पष्ट रूपमा पाँच सय दस्तुर मै सवारी साधन चालक अनुमति पत्र को ९लिखित तथा प्रयोगात्मक ० परीक्षा हुनु पर्ने कानून भए पनि गैरकानूनी रूपले निजि संस्थाको नाममा ट्रायल टेस्ट वापत थप रकम लिनु कानून संगत नभएकोले मुद्दा हालेको साहले बताए । उनले विपक्षीको नाउँमा कारण देखाउ आदेश गर्दै १५ दिन भित्र लिखित जवाब लिएर अदालतमा उपस्थित हुन आदेश दिएको जानकारी दिए ।