२ वैशाख २०८१, आइतवार
(नेपाली समय)
२ वैशाख २०८१, आइतवार
नेपाली समय

निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री

सोल, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिनुभएको छ । 

बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भन्नुभयो– यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ । 

अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा पनि उहाँले राख्नुभयो । उहाँले सिङ्गापुर शिखर वार्ताको पहिलो र महत्वपूर्ण कार्य नै यही भएकोले यसमा उत्तर कोरियाको प्रतिबद्धता हाम्रो चासो हो । 

गत मङ्गलबार सिङ्गापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाले निशस्त्रीकरण गर्ने जनाएको छ । 

उत्तर कोरियाले आफ्नो उक्त प्रतिबद्धतालाई चाँडै कार्यान्वयन गर्ने क्रममा रहेको बताएको छ । सोही बमोजिम नै प्रतिबद्धता पूरा होस् भन्नेमा आफू पनि रहेको अमेरिकाले जनाएको हो । 

हामी चाहन्छौँ उत्तर कोरियाले गरेको सिङ्गापुर प्रतिबद्धताजस्तै आगामी केही दिनमा नै निशस्त्रीकरणका लागि प्रक्रिया थालोस् र पूरा गरोस्– विदेशमन्त्री पम्पेओले भन्नुभयो । 

हामीलाई विश्वास छ नेता किमले यो आवश्यकतालाई बुझ्नुभएको छ र त्यसैबमोजिम चाँडै गर्नुहुने छ– सोलमा बिहीबार मन्त्री पम्पेओले भन्नुभयो । 

विदेशमन्त्री पम्पेओ गत जुन १२ को उक्त ऐतिहासिक शिखर वार्ताको बारेका जानकारी दिन दक्षिण कोरिया पुग्नुभएको छ । उहाँले यसबारेमा दक्षिण कोरियासँग आवश्यक छलफल गर्नुहुने छ । 

सोलमा जापान र दक्षिण कोरियाका विदेशमन्त्रीसँग भेटवार्तापछि बिहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

सो पत्रकार सम्मेलमा अमेरिकी विदेशमन्त्री पम्पेओ, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्याङ ह्वा र जापानी विदेशमन्त्री तारो कोनो हुनुहुन्छ । 

उहाँहरुले गत मङ्गलबार सम्पन्न भएको विश्व चर्चित सिङ्गापुर वार्ताको बारेमा कुराकानी गर्नुभएको थियो । त्यस विषयमा उहाँहरुले आगामी दिनमा उत्तर कोरियाली जतिसक्दो चाँडो निशस्त्रीकरणको काम पूरा गर्नुपर्ने बताएको समाचारमा जनाइएको छ । 

संयुक्त राष्ट्रसंघ पनि आशावादी 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनबाट निशस्त्रीकरणमा आफू आशावादी भएको बताउनुभएको छ । 

उहाँले उक्त शिखर वार्तामा उत्तर कोरियाले अघि सारेको प्रतिबद्धताबाट कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

महासचिव गुथ्रेसले यो एक अति महत्वपूर्ण मौका भएकोले यस मौकाको सदुपयोग गर्न उत्तर कोरियालाई सुझाव दिँदै उसको आणविक कार्यक्रमलाई नष्ट गर्ने विषयमा संयुक्त राष्ट्रसंघको सहयोग रहने पनि बिहीबार बताउनुभएको छ । 

विश्वमा दिगो शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न उत्तर कोरिया सशक्त रुपमा अघि बढ्दा यसले उसलाई र समग्र विश्वलाई नै सघाउ पुग्ने धारणा पनि एक विज्ञप्तिमार्फत राख्नुभएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds