१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

नेकपा एस दैलेखका उपसचिव लामिछाने र सदस्य रोहित एमालेमै फर्किए

दैलेख : नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमै फर्किएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी सदस्य रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् । 

रोहित नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको जिल्ला अध्यक्ष समेत हुन् । उपसचिव अमृता लामिछानेमगर र सदस्य रोहित लामिछाने मगरले जारी गरेको संयुक्त विज्ञप्तीमा नेकपा विभाजनपछि नेकपा एमालेलाई कमजोर बनाउन प्रचण्ड र माधव नेपाल तल्लो तहसम्म गिरेर एमाले नेतृत्वको सरकार ढाल्ने र परमादेशको काँग्रेस नेतृत्वको सरकार बनाएको आरोप लगाएका छन् ।

एकीकृत समाजवादी पार्टीले कम्युनिष्ट आन्दोलनलाई बदनाम हुने गरी व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन गरेकाले समाजवादी पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ । साथै उनीहरुले एकीकृत समाजवादीमा लागेका अन्य नेता, कार्यकर्तालाई पनि एमालेमा फर्किन आह्वान गरेका छन् ।   

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds