वीरगञ्ज, ३२ जेष्ठ
अकाश राजभण्डारी
पछिल्लो समय पर्सामा विभिन्न नाका भएर तस्करी भईरहेको पाएको छ । प्रहरीहरु कै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको हो । पर्साको विभिन्न नाका भएर हुण्डी, मरिच, केराउ, काजु, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले अपराध र तस्करी नियन्त्रणका लागि भन्दै टाइगर टोली, मोबाइल टोली लगायत विभिन्न टोली खटाएको दावी गर्छ । तर ती सबै टोली तस्कर र तस्करसँगको मिलेमतोमा तस्करीको बाटो खुल्ला गर्न खट्ने गरेको तस्करहरु बताउँछन् । स्रोतका अनुसार वीरगञ्ज नाकाबाट विहान, दिउँसो र रातीको समयमा लत्ताकपडा, कवाडी, रक्सीको व्यापक तस्करी भईरहेको छ । स्रोतका अनुसार टाइगर टोली इन्र्चाज लालबहादुर तामाङ्गले यस्ता गतिविधिबाट मासिक रुपमा नजराना लिँदै आएको पनि तथ्य उजागर भएको छ ।
प्रहरीकै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो । तामाङ्गले कपडा तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउन थालेको स्रोत बताउँछ । माजमा हुने गतिबिधि रोक्नका लागि टाइगर टोली, मोबाइल टोली परिचालन गरेका हुन्छन् तर अहिले ती टोली नाकामा तस्कारलाई संरक्षण गर्दै आएको छ ।
प्रहरी प्रमुख कोमल शाहलाई टाइगर टोली, मोबाइल टोलीका प्रहरी प्रमुखहरुले गुमराहमा राखी इतिहासलाई विर्साउने गरी नाकाबानट तस्करी साम्राज्यमा परिणत भएको छ । अझ उक्त एरियामा स्याउ, काजु, भाडा भर्तन, यूनिलिभरका कस्मेटिक सामाग्रीहरु दैनिक करोडौंको परिणाममा आवत जावत हुने गरेको र त्यस वापत ठूलो मात्रमा राजस्व दोहन भइरहेको समाचार प्राप्त भएको छ ।