९ चैत २०८०, शुक्रवार
(नेपाली समय)
९ चैत २०८०, शुक्रवार
नेपाली समय

पर्सामा ५ स्वास्थ्यकर्मी र १ एम्बुलेन्स चालकसहित १७ जनामा कोरोना पुष्टि

वीरगन्ज : पर्सामा  आइतबार ५ जना स्वास्थ्यकर्मी , १ एम्बुलेन्स चालकसहित थप १७ जनामा  कोरोना संक्रमण भेटिएको छ । वीरगन्ज स्थित नारायाणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका थप १७ जनामा कोरोना संक्रमण पु्ष्टि भएको हो ।

पोखरीया नगरपालिकाको क्वारेन्टाइनका १० जना,  विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना, पटेर्वासुगौली गाँउपालिकाका २ जना, पर्सागढी नगरपालिकाका १  जना  तथा जिराभवानी र धोबीनी गाँउपालिकाका १-१ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । १७ जनामध्ये ३ जना महिला र १४ जना पुरुष हुन् । 

आइतबार संक्रमण पुष्टि भएका पोखरीयाका १० जनामध्ये नगरपालिकाका ५ स्वास्थ्यकर्मी, नगरपालिकाकै १ एम्बुलेन्स चालक र क्वारेन्टाइनमा राखिएका पोखरीयाकै ४ जना सर्वसााधरण हुन्  । पोखरीया बजार स्थित विद्यालयको क्वारेन्टाइनमा नगरपालिकाले खटाएका १ जना हेल्थ असिस्टेन्ट, ३ जना अहेब र १ जना अनमी गरी ५ जना स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको नगरपलिकाका स्वास्थ्य संयोजक कौशलेन्द्र मिश्राले जानकारी दिए ।

यस्तै नगरपालिकाका एकजना एम्बुलेन्स चालकमा पनि संक्रमण देखिएको उनले बताए । अरु ४ जना संक्रमित भने १० दिन पहिले भारतका विभिन्न शहरबाट फर्किएर क्वारेन्टाइनमा राखिएका पोखरीया नगरपालिकाको विभिन्न वडाका स्थानीय रहेका मिश्रले जानकारी दिए । 
 
पर्साको विभिन्न पालिकाका क्वारेन्टाइनबाट जेठ २५ र २६ गतेका दिन संकलन गरिएको स्वाब , नारायणी अस्पतालमा ल्याएर पिसआिर परीक्षण गर्दा तीमध्ये आइतबार १७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

आइतवार १७ जना थपिएसँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ । ठाकुरका अनुसार पर्सा जिल्लामा आइतबारसम्म पिसिआर जाँचका लागि ५ हजार १३ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये ३ सय ४६ स्वाबको नीतजा आउन बाँकी रहेको ठाकुरले जानकारी दिए ।  

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds