विरगन्ज, २४ मंसिर । गृह मन्त्रालयको मिति २०७६ मंसिर १७ गतेको ( मन्त्रिस्तरिय) निर्णयानुसार सरुवा हुनुभएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत यही मंसिर २३ गतेका दिन पर्सा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आफ्नो कार्यभार सम्माहाल्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत ज्य्रू यस भन्दा पहिला चितवनमा कार्यरत हुनुहुन्थ्यो र पर्सा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईज्यूको सरुवा चितवन सरुवा भएको छ , उहाँको मंसिर २० गते शुक्रवारका दिन जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरु तथा जिल्ला प्रशासनका कर्मचारीहरुले बिदाई गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत ज्यूले हिजो नै पर्सा जिल्लाको सुरक्षा प्रमुखहरुको उपस्थितिमा पर्साका शान्ति सुरक्षाबारे छलफल गर्नुभएको थियो , हिजो नै पर्सा जिल्लाका प्रमुख राजनैतिक दलहरुको सर्वदलिय वैठक राख्ने भनिय पनि अन्तिम समयमा स्थगित भई आज २ बजे बैठक राखिएको थियो उक्त्त बैठकमा प्रमुख राजनितिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला ईन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष प्रभु हजरा, सचिव विजय महतो, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अजय द्ववेदी, समाजवादी फोरमका जिल्ला अध्यक्ष रामनरेश यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेशमान सिंह लगायत पर्सा जिल्लाका राजनितिक दलहरुका सचिवहरुको उपस्थिति रहेको थियो । पर्सा जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक आयोजना गरिएको थियो ।
वैठकको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी ललित ब. बस्नेत ज्यूले गर्नुभएको थियो । सर्वदलिय बैठक परिचयात्मक तथा पर्सा जिल्लाको समसमायिक राजनैतिक तथा शान्ति सुरक्षाको विषयमा छलफल गरिएको थियो ।


