१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

पायल्सको जोखिम र उपचार

मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । यसले मलद्वारमा पीडाा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले  लिभर सिरोसिसको समस्या निम्त्याउँछ ।

सावधानी

पायल्स हुने मुख्य कारण भनेको कब्जियतको समस्या हो । कब्जियत भएमा मल त्याग गर्न बलको आवश्यकता पर्छ । यसरी बल लगाउँदा मलद्वारा वरिपरिको नशा फुटेर पायल्सको समस्या निम्तने गर्छ ।

त्यस्तै, निरन्तरको पखला, पाचनमा समस्या वा शौचालयमा लामो समयसम्म बस्ने बानीले पनि पायल्स हुनसक्छ । तारेको, भुटेको, मसलेदार खानेकुरा, निस्क्रिय जीवनशैली, अनिद्रा, धुम्रपान, मद्यपान आदिले समेत पायल्सको समस्या निम्त्याउन सक्छ ।

पायल्सको जोखिमबाट बच्न सन्तुलित र सुपाच्य खानपान, पर्याप्त झोल पदार्थ वा पानी, फलफूल, फाइबरयुक्त सागसब्जी आदिको सेवन महत्वपूर्ण हुन्छ ।

जोखिम

कतिपय अवस्थामा पायल्स हानिरहित हुन्छ । यसको उपचार पनि सहज हुन्छ । यद्यपि कतिपयमा भने यसले जटिल समस्या निम्त्याउने गर्छ । पायल्सको कारण अत्याधिक पीडा भएमा चिकित्सकलाई देखाउनैपर्छ । लामो समय रक्तश्राव भएमा रगतमा रातो रक्तकोशिका कम भई रक्तअल्पता हुनसक्छ ।

उपचार

सिट्ज बाथ- पाइल्समा सिट्ज बाथ प्रभावकारी मानिन्छ । सिट्स बाथ त्यस्तो उपचार पद्धति हो, जसमा पाइल्सका विरामीले आफ्नो कम्मर मुनीको भागलाई दश देखि पन्ध्र मिनेट मनतातो पानीमा डुवाउनु पर्छ ।

नरम ट्वाइलेट पेपरको प्रयोग-पाइल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । किनकी पायल्सका विरामीले सुख्खा पेपरको प्रयोग गर्दा उनीहरुको घाउ हुन सक्छ । त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्दा भिजेको वा गिलो ट्वाइलेट पेपरको मात्र प्रयोग गर्न पर्छ । साथै, फोहर वा अल्कोहल नभएको पेपरको प्रयोग गर्नु पर्छ । अन्यथा, प्रभावित क्षेत्र पोल्न सक्छ ।

ट्रपिकल औषधिको-पायल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारको ट्रपिकल औषधी बजारमा किन्न पाइन्छ ।   जसमा एन्टीसेप्टिक क्रिम, ओयनटमेन्ट, मेडिकेटेड वाइप्स आदी पर्छन् । यस्ता औषधीमा विच–हेजेल वा हाइड्रोकार्टिकोसोन इत्आदी पर्दछ । यसले पायल्सको दुखाई कम गर्नुका साथै चिलाउन कम हुन्छ ।  यस्ता औषधीको प्रयोग चिकित्सकको सल्लाह विना एक हप्ता भन्दा बढी प्रयोग गर्नु हुँदैन ।

दुखाई कम गर्ने औषधि-पायल्सको विरामीहरुलाई मल त्याग गर्दा तिव्र पीडा हुन्छ । पीडा कम गर्न औषधि प्रयोग गर्न सकिन्छ । यद्यपि, चिकित्सकसित परामर्श गर्नु पर्छ ।

बरफको सेकाई-मलद्वारामा रहेको नशाहरु फुलेमा वा फुटेमा पायल्स हुने भएकोले पाइल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । किनकी यसले रक्तसञ्चारलाई सुस्त बनाई पाइल्समा आराम दिलाउँछ । यसको लागि बरफलाई एउटा व्यागमा हालेर करिब दश मिनेट प्रभावित क्षेत्रमा लगाउनु पर्छ । र, यो प्रकृयालाई दुई–तीन दोह¥याउनु पर्छ ।

शरीरलाई सफा राख्ने-पायल्सको समस्या कम गर्ने अर्को उपाय भनेको पायल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो । प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्वार वरिपरिको क्षेत्रलाई सफा गरेर पनि शरीरलाई सफा राख्न सकिनछ । मलद्वारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा विना साबुन सादा पानीले पनि सफा गर्न सकिन्छ ।

शल्यक्रिया रहित उपचारको विकल्प

पायल्स भएमा शल्यक्रिया नगरी पनि यसको प्रभावकारी उपचार गर्न सकिन्छ । त्यस्तै, ससाना रबर व्याण्डको प्रयोग गरेर, स्केलेरोथेरापी इन्जेक्सन तथा लेजर थेरापीद्वारा पनि पायल्स रोगको उपचार गर्न सकिन्छ ।

कुन अवस्थामा शल्यक्रिया गर्ने ?

केही जटिल अवस्थाहरुमा शल्यक्रिया गर्नैपर्ने हुन्छ । त्यस्तो अवस्थामा चिकित्सकहरु पायल्स निकाल्न शल्यक्रियाको सल्लाह दिन्छन् । यस्ता शल्यक्रिया रोगको प्रकृति र रोगको गंभिरता  तथा उपचार पद्धति अनुसार फरक हुन्छ ।

ख्याल राख्नुपर्ने कुरा

–पायल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नुपूर्व सावधानी अपनाउनु पर्छ ।

–पायल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा  तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।

–कुनै औषधिले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचारको थालनी गर्नु पर्छ ।

–पायल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds