२७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।
मंगलबार बिहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतले पीसीआर टेस्ट बढाउनुपर्ने, आरडीटी विधिको परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने, विदेशमा समस्यामा रहेका नेपालीको उद्धार गर्नुपर्ने माग राखेका थिए ।
कोरोना महामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन् ।
साभार :अनलाइनखबर अनलाइन